काठमाडौँ । नक्सालस्थित नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालयले ठगीको मुद्दा चलाएको छ ।
बुधबार कार्यालयले नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी दिदी बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित १७ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँमा ठगीको कसूरमा मुद्दा दायर गरेको हो ।
सिंहसहित तत्कालिन बाल मन्दिरका उपाध्यक्ष तुलसी नारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यमकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दिपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारीनिधि तिवारीविरुद्ध मुद्दा दायर गरिएको छ ।
यस्तै यस्तै पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईँ, अमिन सिंहानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई प्रतिवादी बनाइएको छ । उनीहरुविरुद्ध मुलुकी अपराध संहिता र मुलुकी ऐन ठगीको महल कसुरबमोजिम ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्मको मागदाबी गरिएको छ ।
प्रतिवादीहरुविरुद्ध कार्यालयले ६० करोड ३९ लाख ७७ हजार २३१ रुपैयाँ बिगो मागदाबी गरेको छ । यस्तै सोही बराबर क्षतिपूर्तिको माग पनि गरिएको छ ।
प्रतिक्रिया