• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पाकिस्तानले सीमा रेखामा आक्रमण थालेपछि भारतको वायु, समुद्र र स्थल सेना हाई अलर्टमा

    3K
    SHARES



    काठमाडौं । पाकिस्तानले जवाफी कारबाही थालेसँगै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्टको रणनीति अपनाएको छ ।

    जम्मू–कश्मीरको सीमा रेखाछेउको गाउँमा पाकिस्तानी सेनाले गरेको बमबारीमा १५ जना मारिएको र ५० बढी घाइते भएको घटनालगत्तै भारतले वायु, समुद्र र स्थलमा हाई अलर्ट जारी गरेको हो ।

    सीमा रेखा नजिकैको अग्रिम गाउँलाई निशाना बनाएर पाकिस्तानी सेनाले गरेको गोलीबारी तथा बमबारीमा चार बच्चा र एक सैनिकसहित १३ जनाको मृत्यु भएको समाचार एजेन्सी पीटीआईको हवाला दिँदै टाइम्स अफ इन्डियाको अनलाइन संस्करणले उल्लेख गरेको छ ।

    पाकिस्तानले जवाफी कारवाही बढाउन सक्ने सम्भावनालाई आँकलन गर्दै तीन तिरैबाट हाई अलर्ट रहनु परेको भारतीय रक्षा मन्त्रालयले जनाएको छ । उता, पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले पहलगाममा भएको हत्यापछि पाकिस्तानलाई भारतीय आक्रमणको जवाफ दिएको प्रतिक्रिया दिएका छन् ।

    राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा उनले भारतीय फाइटर विमान खसालेको कुरा दिल्ली आफैंले पुष्टि गरेको उल्लेख गर्दै, ‘यो हाम्रोतर्फबाट जवाफ थियो’ भनी अभिव्यक्ति दिएका हुन् ।

    भारतले बुधबार राती गरेको क्षेप्यास्त्रसहितको हवाई आक्रमण हालै पहलगाममा भारतीय पर्यटकको क्रूरतापूर्वक गरेको आमहत्याको जवाफ भएको बताइरहँदा इस्लामावादले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ