• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    एकाबिहानै प्रचण्डलाई भेटेर उपप्रधानमन्त्री बिष्णु पौडेलले के भने ?

    2.9K
    SHARES



    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

    प्रचण्डलाई भेट्न उपप्रधानमन्त्री पौडेल आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए ।

    सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल चलिरहेका बेला अर्थमन्त्रीले प्रमुख प्रतिपक्षी दल माओवादीका अध्यक्ष प्रचण्डसँग भेट गरेका हुन् ।

    भेटका क्रममा उनीहरूबीच आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल भएको र अर्थ मन्त्री पौडेलले सुझाव माग गरेको बुझिएको छ ।

    यसअघि अर्थमन्त्री पौडेलले सोमबार सत्तारुढ दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेटवार्ता गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ