• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    ओभल अफिसमा पहिलो सय दिन, घट्यो डोनाल्ड ट्रम्पको लोकप्रियता

    1.3K
    SHARES



    वाशिंटन । ओभल अफिसमा पहिलो सय दिन बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सुरुवातमा नै अलोकप्रिय देखिएका छन्।

    सिएनएनले गरेको सर्वेक्षण अनुसार पहिलो सय दिनका उनको ‘एप्रुभल रेटिङ’ ४१ प्रतिशत रह्यो। पहिलो सय दिनको यो एप्रुभल रेटिङ अमेरिकी इतिहासमा पछिल्लो सात दशककै सबै भन्दा कम हो।

    राष्ट्रपतिको रूपमा ट्रम्पको एप्रुभल मार्चको भन्दा चार अङ्कले घटेको छ। यसैगरी फेब्रुअरीको अन्त्यको भन्दा सात प्रतिशतले कम छ। सर्वेक्षण अनुसार २२ प्रतिशत ट्रम्पको बलिया समर्थक भेटिए। यसैगरी, ४१ प्रतिशत ट्रम्पको कटु आलोचक देखिए।

    मार्च यता ट्रम्पको लोकप्रियता महिला र ल्याटिनो समुदायमा धेरै घटी रहेको छ। रिपब्लिक अझै ट्रम्पको समर्थक छन् भने डेमोक्र्याट पार्टीमा आबद्ध हुनेको उनी प्रतिको आक्रोश बढ्दो छ। तटस्थ र स्वतन्त्र मतदाता जनवरी महिनामा सबै भन्दा धेरै उनी प्रति सकारात्मक थिए। अहिले उनी प्रति असाध्य नकारात्मक छन्।

    उनी कार्यालय प्रवेश गरेपछि गरेको महत्त्वपूर्ण निर्णयमा धेरैका असहमति पाइएको छ। मुद्रास्फीति, स्टक मार्केट तथा वस्तुको मूल्य वृद्धिका कारण ट्रम्पको लोकप्रियता घटिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ