• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसद्‌मा प्रधानमन्त्रीले आज गर्ने भनेको सम्बोधन स्थगित

    182
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌लाई गर्ने भनेको सम्बोधन स्थगित भएको छ । एमाले प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले आज संसद्‌मा गर्ने भनेको सम्बोधन स्थगित भएको जानकारी दिए ।

    बर्तौलाका अनुसार विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डसमेत आजको संसद्‌मा अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको हो ।

    ‘प्रधानमन्त्री संसद्‌मा बोल्दा सामान्यतया विपक्षी दलसहित सबै प्रमुख दलका नेताहरू सहभागी हुने प्रचलन छ’, बर्तौलाले भने, ‘तर आज विपक्षी दलका नेता बाहिर भएकाले संसद्‌मा उपस्थित हुन नसक्ने भएपछि अरू कुनै दिन सम्बोधन गर्ने गरी स्थगित भएको छ ।’

    संसद्‌को बजेट अधिवेशन आज १ बजे सुरु हुँदैछ । बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी गरेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ