• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संघीय संसद्ले पारित गर्यो पाँच नयाँ ऐन, राष्ट्रपतिबाट आजै प्रमाणीकरण

    4.9K
    SHARES



    CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

    काठमाडौं । संघीय संसद्ले एकै दिनमा पाँच वटा विधेयक पारित गर्दै तिनलाई ऐनमा रूपान्तरण गरेको छ। सोमबार, राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठकबाट ती विधेयक पारित भई राष्ट्रपतिबाट आजै प्रमाणीकरण भएका छन्।

    राष्ट्रिय सभामा सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक र सहकारी सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पेश गरेका थिए।

    यस्तै आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक, र आर्थिक तथा व्यावसायिक वातावरण सुधार तथा लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयक अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेका थिए।

    राष्ट्रिय सभाले सोमबार नै ती पाँचै विधेयक पारित गरेको थियो। पारित विधेयकको सन्देश प्रतिनिधि सभामा टेबुल भएपछि, दोस्रो बैठकमा दुवै सदनबाट तिनलाई ऐनमा रूपान्तरण गर्ने प्रक्रिया पूरा भएको हो।

    सभामुखले पारित विधेयकहरू राष्ट्रपतिसमक्ष पठाएका थिए, जसलाई सोमबार नै प्रमाणीकरण गरिएको छ। राष्ट्रपतिको प्रमाणीकरणसँगै ती पाँच विधेयक अब ऐनका रूपमा कार्यान्वयनमा आउने भएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ