काठमाडौँ । गृह मन्त्रालयले आज तिनकुने क्षेत्रमा भएको सम्पूर्ण घटनाको जिम्मेवार दुर्गा प्रसाई भएको बताएको छ ।
शुक्रबार साँझ आयोजित पत्रकार सम्मेलनमा गृह प्रवक्ता रामचन्द्र तिवारीले भने,‘हामीले पाएको जानकारीअनुसार आन्दोलनको नेतृत्व दुर्गा प्रसाईले गरेको हुनाले उहाँ नै मूलभूत रुपमा यो घटनाप्रति जिम्मेवार हुनुहुन्छ ।’
आन्दोलनकारीले प्रदर्शनका क्रममा अराजकता देखाएको पनि मन्त्रालयले निष्कर्ष निकालेको छ ।
मन्त्रालयले जे जति क्षति भएको छ आयोजकको तर्फबाट प्रसाईले नै लिनुपर्ने बताए । राजतन्त्र फर्काउनुपर्ने मागसहित प्रसाईको नेतृत्वमा शुक्रबार राजावादीको प्रदर्शन हुँदा तोडफोड र आजगनीको घटना भएका थिए ।
यसैबीच राजावादी समूहले गरेको प्रदर्शनका क्रममा भएको झपडमा १५ जना सुरक्षाकर्मी घाइते भएका छन् ।
यस्तै प्रदर्शनकारीतर्फ पनि १५ जना घाइते भएको विवरण प्राप्त भएको गृह मन्त्रालयले शुक्रबार साँझ गरेको पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
प्रदर्शनका क्रममा धेरै तोडफोड र आगजनीको घटना भएको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया