• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    सत्तारुढ दलहरूले भूमिसम्बन्धी अध्यादेश विधेयकका रूपमा अघि बढाउने

    1.2K
    SHARES



    काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेशलाई विधेयकका रूपमा अघि बढाउने निर्णय गरेको छ।

    बालुवाटारमा बुधबार बसेको सत्तापक्षीय दलहरूको बैठकमा नेपाली कांग्रेस, जसपा नेपाल र अन्य गठबन्धनका दलहरूले यस विषयमा सहमति जुटाएका हुन्। नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेका अनुसार अब यो अध्यादेश विधेयकका रूपमा संसदमा प्रस्तुत गरिनेछ।

    यसअघि सरकारले भूमिसहित ६ वटा अध्यादेश जारी गरेको थियो। तीमध्ये पाँच अध्यादेश प्रतिस्थापन विधेयकका रूपमा संसदमा छलफलका लागि अघि बढिसकेका छन्। तर, भूमिसम्बन्धी अध्यादेशलाई जसपा नेपालले फिर्ता लिनुपर्ने माग गरेपछि प्रक्रिया रोकिएको थियो।

    जसपाका उपाध्यक्ष राजकिशोर यादवले भने, “भूमिसम्बन्धी अध्यादेशमा हाम्रो आपत्ति यथावत छ। त्यसैले यो अध्यादेशलाई निष्क्रिय हुन दिन सहमति भएको छ, र नियमित विधेयकका रूपमा अघि बढाइनेछ।”

    भूमिसम्बन्धी अध्यादेश आगामी चैत १८ गते निष्क्रिय हुँदैछ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसहित सत्तारुढ दलका शीर्ष नेताहरू सहभागी थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ