काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् ।
विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालगायतका नेता उनलाई स्वागत गर्न भेला भएका थिए । उनलाई अब राजावादीहरूले निर्मल निवास लैजाँदैछन् ।
पोखरामा पूर्वराजालाई बिदा गर्न राप्रपा कास्कीले शुभयात्रा कार्यक्रम आयोजना गरेको थियो । राप्रपा नेता अरुण गिरीका अनुसार पूर्वराजालाई दुबोको माला र दहीको ठेकी दिएर बिदा गरिएको थियाे ।
प्रतिक्रिया