• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पूर्वराजा शाहको स्वागतका लागि लिङ्देन र थापा एयरपोर्टमा

    3.1K
    SHARES



    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन आज पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न त्रिभुवन विमानस्थल पुगेका छन्। पोखराबाट काठमाडौं आउन लागेका पूर्वराजाको स्वागत गर्न राजावादी पार्टी, संस्थाहरू र समर्थकहरूले र्‍याली गर्ने तयारी गरेका छन्।

    गौशाला र तीनकुने क्षेत्रमा भेला भएका राजावादी समर्थकहरू विमानस्थलबाट निर्मल निवाससम्म र्‍याली निकाल्ने तयारीमा छन्। पोखराबाट गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूको भ्रमणपछि पूर्वराजा काठमाडौं फर्किन लागेका छन्।

    यसैबीच यहि बिषयलाई मध्यनजर गर्दै काठमाडौंमा सुरक्षाको व्यवस्था कडा गरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य संवेदनशील स्थानहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। सरकारले सुरक्षाका दृष्टिले आज चारवटा सुरक्षा निकाय परिचालन गर्ने तयारी गरेको छ।

    राजावादी समर्थकहरूले हजारौँको संख्यामा जनसहभागिता गर्ने योजना बनाएका छन्। यसका कारण, काठमाडौंका मुख्य चोक र संवेदनशील क्षेत्रहरूमा सुरक्षाकर्मीहरूको उपस्थिति बाक्लो छ।

    पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र राजावादीहरूको प्रदर्शनको विषयमा सरकारी निकायहरूले उच्च सतर्कता अपनाएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाह चार्टर्ड विमानबाट काठमाडौं फर्किदै छन्।

    पूर्वराजा शाह समिट एअरको चार्टर्ड विमानबाट पोखराको पुरानो विमानस्थल हुँदै काठमाडौं उत्रिन लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी जसोदा रेग्मीले जानकारी दिइन। उनी भैरहवाबाट पोखरा पनि सोही विमान चार्टर्ड गरेर गएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ