• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    महान जनयुद्धमा हामी कैयाैं कठिनाईहरूका बाबजुद अपार आनन्दमा बाँचिरहेका थियाैं- कञ्चन

    3.3K
    SHARES



    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (बहुमत) का महासचिव धर्मेन्द्र बास्तोला कञ्चनले १० बर्षे महान जनयुद्धलाई एउटा परिघटनाका रुपमा स्मरण गरेका छन् ।

    बिहिबारदेखि दाङमा सुरु भएको पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले उक्त परिघटनामा कैयाैं कठिनाईहरूका बाबजुद पनि आफुहरु अपार आनन्दमा बाँचेको समेत स्मरण गरे  !

    ‘महान् जनयुद्ध त्यस्ताे परिघटना हाे, जहाँ हामी कैयाैं कठिनाईहरूका बाबजुद अपार आनन्दमा बाँचिरहेका थियाैं !’ उनले भने ।

    २०५२ साल फागुन १ गते सुरु भएको महान् जनयुद्धका ३० वर्षहरू पार भएकाे अवसरमा उनले इतिहास रच्ने ती महान् सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरे । साथै महान् बेपत्ता योद्धाहरूको स्मरण गर्दै घाइते वीर योद्धाहरूप्रति हार्दिक सम्मान व्यक्त गरेका छन् ।

    समान्यतः ३ हजार वर्ष पुरानो र विशेषतः २५० वर्ष पुरानो केन्द्रीकृत सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गरेको जनयुद्ध आफैँमा कति महान् थियो भन्ने तथ्य आगामी पिंढीका लागि अत्यन्तै महत्वको हुने उनले बताए ।

    साथै नेपाली कम्युनिस्ट आन्दोलनले भोग्नुपरेका आरोह-अवरोहबाट पाठ सिक्दै, नेपालका क्रान्तिप्रेमी कम्युनिस्टहरूलाई एकताबद्ध गर्दै आगामी दिनमा वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गरी देशलाई समाजवादी गणतन्त्रमा बदल्न आफुहरु प्रतिबद्ध रहेको उनको भनाई छ ।

    जनयुद्ध दिवसको अवसरमा बहुमतले रक्तदान समेत गरेको छ । बिहिबारदेखि सुरु भएको बैठक फागुन ५ गतेसम्म चल्नेछ ।

     

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ