काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा वाकाथन गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन गरिएको बैंकले जनाएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा वाकाथन सुरु गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आजमात्रै नभई मार्च महिनाभरि नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए ।
‘महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरु उपलब्ध गराउन सदैव तयार छ’, उनले भने ।
बैंकका अनुसार नजारी दिवसको अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १ हजार २०० भन्दा बढी कर्मचारीहरुको सहभागिता थियो ।
उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ ।
पुरुषहरुको सहभागितासँगै हिँड्नुमात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्य गर्न पनि जरुरी रहेको वाकाथनका सहभागीहरुले बताए ।
नबिल नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्षदेखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरू सुरु गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
प्रतिक्रिया