• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    बागमतीको मुख्यमन्त्रीमा बानियाँ नियुक्त

    729
    SHARES



    मकवानपुर । नेपाली कांग्रेस बागमती संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बानियाँलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।

    सोमबार नेपाली कांग्रेसको ३७ र नेकपा एमालेको २७ सांसदको समर्थन सहित मुख्यमन्त्रीको लागि दाबी पेस गरेका बानियाँलाई आज प्रदेश प्रमुख देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

    बागमतीका तत्कालीन मुख्यमन्त्री बहादुर सिंह लामाले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्री पदका लागि एमाले बागमती संसदीय दलका नेता जगन्नाथ थपलियाको हस्ताक्षर सहित मुख्यमन्त्रीको लागि नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिमको सरकारका लागि दाबी पेस गरेका थिए।

    नवनियुक्त मुख्यमन्त्री बानियाँको शपथ ग्रहण कार्यक्रम आजै अपराह्न ४ बजेका लागि तोकिएको छ। उनले शपथ खाएपछि अन्य विभागीय मन्त्रीहरू नियुक्त गर्ने प्रक्रिया थालिने जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ