• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश (आदेश पत्रसहित)

    25K
    SHARES



    काठमाडौं ।

    नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ।

    उनलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै  पुत्र नरेन्द्रबहादुर सिंह विश्वकर्माले   आइतबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको माग गर्दै रिट दायर गरेका थिए । सोहि रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले सोमबार यस्तो आदेश दिएको हो।

    ‘निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको मितिले बाटाका म्याद बाहेक महान्यायाधिवक्ताको कार्यालय मार्फत ४८ घण्टाभित्र बन्दी सहित लिखित जवाफ पेश गर्न’ अदालतले आदेश दिएको हो।

    पार्टी कामको सिलसिलामा गत बुधबार सरकारले प्रकाण्ड सहित ३ जनालाई पक्राउ गरेको थियो। देशभरबाट नेता कार्यकर्ताहरुमाथि सरकारले धरपकड निक्कै बढाएपछि नेकपाले भोलि नेपाल बन्द समेत आवहान गरेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ