• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    माओवादी केन्द्रले आह्वान गर्यो स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला

    344
    SHARES



    काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आह्वान गरेको छ ।

    पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई पार्टीको नीतिअनुसार प्रशिक्षित गराउने उद्देश्यका साथ भेला आह्वान गरिएको माओवादीको भनाइ छ ।

    फागुन १० गते काठमाडौँमा स्थानीय तहबाट समाजवादको पूर्वाधार निर्माण सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहितको राष्ट्रिय भेला आयोजना गरिएको महासचिव देव गुरुङले बताए ।

    भेलामा पालिकाका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र सम्बन्धित पालिकाका पार्टी अध्यक्षहरुको सहभागिता रहने उनको भनाइ छ ।

    पार्टीको नीतिअनुसार जनप्रतिनिधिलाई प्रशिक्षित गर्न एमाले, कांग्रेस लगायतका दलहरूले पनि यस्तो भेला गर्दै आएका छन् । सोहीअनुसार माओवादीले पनि भेला गर्न लागेको र सो भेलामा उनीहरूलाई प्रशिक्षण दिइने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ