• आज : २०८१ फाल्गुन, २७

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज : २०८१ फाल्गुन, २७

    समाचार

    अदालतको अवहेलना मुद्दामा प्रभु साहविरूद्ध कारण देखाऊ आदेश

       सञ्चारकेन्द्र    २०८१ माघ २० गते   ०७:०१ बजे
    274
    SHARES



    न्यायाधीशलाई ‘झोले कार्यकर्ता’ को आरोप लगाएका आम जनता पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभा सांसद प्रभु साहलाई रौतहट जिल्ला अदालतले अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

    आइतबार जिल्ला न्यायाधीश शम्भुप्रसाद रेग्मीको इजलासले साहविरूद्ध कारण देखाऊ आदेश जारी गरेको हो।

    आम जनता पार्टी (आजपा) का अध्यक्षसमेत रहेका साहले न्यायाधीशविरूद्ध सामाजिक सञ्जाल फेसबुकमा लेखेपछि प्रदीपकुमार यादवले साहविरूद्ध मुद्दा दर्ता गराएका थिए।

    साहले फेसबुकमा न्यायाधीशलाई दलको झोले कार्यकर्ता भएको आरोप लगाएका थिए।

    ‘नेताहरूको झोले न्यायाधीशले रौतहट बदनाम एवं अस्तव्यस्त भयो। बेइमान एवं अयोग्य न्यायधीशहरूलाई छानबिनको दायरामा ल्याउन म सम्मानीय प्रधानन्यायधीश ज्युको विशेष ध्यानाकर्षण गराउँछु,’ उनले लेखेका थिए।

      
    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ