• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मुख्य समाचार समाचार

    गृहमन्त्री थापाले प्रकाण्ड गिरफ्तारीबारे दिए विवादास्पद अभिव्यक्ति, गरे यस्तो खुलासा

    24.5K
    SHARES



    चितवन ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा गृहमन्त्री रामबहादुर थापाले मंगलबार साझ गिरफ्तार परेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’का बारेमा निकै विवादास्पद अभिव्यक्ति दिएका छन् ।

    उनले निकै कठोर टिपणी गर्दै प्रकाण्डलाई अपराधीको संज्ञा दिएका छन् । गृहमन्त्री थापाले प्रकाण्ड ध्वंसात्मक गतिविधिमा संलग्न भइ अपराधिक गतिबिधि गर्दै आएकाले पक्राउ गरिएको दाबी गरेका छन् ।

    चितवनको भरतपुर विमानस्थलमा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै थापाले आफुहरुले प्रकाण्डको नाममा वारेन्ट जारी गरेरै पक्राउ गरिएको बताएका छन् ।

    थापाले भने- ‘खड्ग विश्वकर्माजी गैरकानूनी काम र ध्वंसात्मक गतिविधिमा संलग्न थिए । यस्तै उनले भने चन्दा आतंक पनि मच्चाएका थिए । व्यापारीहरुबाट ब्यापक गुनासो र उजुरी आएपछि पक्राउ गरिएको हो ।’

    हिजो तपाईसंगै लडेका विश्वकर्मा अपराधी हुन् ? भन्ने पत्रकारहरुको प्रश्नमा थापाले भने- ‘जसले कानूनलाई उल्लंघन गर्छ, त्यसलाई हामी अपराधी भन्छौं । त्यसैले उनि अपराधी हुन् । अपराधी भएकै कारण समात्नु परेको हो ।’

    तपाई गृहमन्त्री हुँदा हिजो संगै लडेका विश्वकर्माको हातमा हत्कडी लाग्यो भन्ने टिप्पणी भइरहेको छ नि भन्ने मिडियाकर्मिहरुको प्रश्नमा गृहमन्त्री थापाले भने- ‘म गृहमन्त्री हो, गृहमन्त्रीको काम कानूनको कार्यान्वयन गर्नु हो, अपराधीलाई नियन्त्रणमा लिने र सजाय दिने हो ।’

    यो समस्या राजनीतिक समस्या होला नि नेताहरु पक्राउ गरेर समस्याको समाधान होला त ? भन्ने संचारकर्मीको प्रश्नमा थापाले राजनीतिक दलहरुसंग भने वार्ता गर्ने बताएका छन् ।

    उनले नेकपाका महासचिव विप्लव लगायतसँग पनि राजनीतिक सम्वाद गर्ने बताएका छन् ।  विप्लवलाई वार्ताका लागि दवाव दिन प्रशासनिक रुपमा नियन्त्रण गर्ने नीति लिएको उनले खुलासा गरे ।

    उनले विप्लव लगायतका नेताहरुले राजनीतिक छलफल र वार्तामा आउने भन्दा पनि लुकेर ध्वंसात्मक गतिविधिको लागि तयारी गर्ने गरेकाले उनीहरुलाई प्रहरी प्रशासन लगाएर नियन्त्रण गर्दै वार्तामा आउन बाध्य पार्ने आफ्नो रणनीति रहेको खुलासा गरेका हुन् ।

    पछिल्लोपटक वादलको गृह प्रशासनले नेकपाका नेता कार्यकर्ताहरुमाथि ब्यापक धरपकड र दमनको नीति लिएको छ । केही महिना यता प्रहरीले नेकपाका उच्च तहका आधा दर्जन नेताहरुलाई समेत पक्राउ गरेको छ ।

    प्रहरीले हालै पार्टीका प्रवक्ता प्रकाण्ड, ४ जना पोलिटब्युरो सदस्य र केही केन्द्रिय नेतासहित देशभरबाट दर्जनौ कार्यकर्ताहरुलाई हिरासतमा राखेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ