• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    कभर स्टोरी राजनीति

    २७ वर्षपछि मुगुबाट मन्त्रीपरिषदमा ऐनबहादुर शाही

    7.7K
    SHARES



    मुगु । दुर्गम हिमाली जिल्ला मुगुले २७ वर्षपछि नेपाली काङ्ग्रेसबाट संघिय सरकारमा प्रतिनिधित्व गर्न गरेको छ ।

    नेपाली काङ्ग्रेस नेतृत्वको २०४८ सालमा गठित मन्त्रीपरिषदमा मुगु जिल्लाका तत्कालिन प्रनिनिधीसभा सदस्य हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए । २०५२ सालपछि शेर बहादुर देउवाको नेतृत्वमा गठन भएको सरकारमा उनै मल्ल शिक्षा राज्यमन्त्री भए । उनी २०५३ सालसम्म उक्त मन्त्री मण्डलमा रहेका थिए ।

    २०५३ साल यता देशमा कति सरकार बने ढ्ले ? तर मुगु जिल्लाले कहिल्यै संघीय मन्त्रीपरिषदमा अवसर नै पाएन । नेपाली कांग्रेस र नेकपा एमाले गठबनधनको नयाँ गठित सरकारमा मुगु जिल्लाबाट प्रनितिधीसभा सदस्य ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने उनी एकल व्यक्ति समेत बनेका छन् ।

    यस्तो छ शाहीको राजनितीक पृष्ठभुमि

    मन्त्री ऐनबहादुर शाही मुगुमा लोकप्रीय, सालिन नेताको रुपमा चिनिन्छन । आम नागरिकसँगै पाटीभित्र र अन्य पाटीका कार्यकर्तासँग पनि शाहीको सम्बन्ध राम्रो छ । मुगुवासीले रुचाएका नेता शाहीबाट मुगुले विकासको समेत अपेक्षा गरेको छ ।

    शाही हाल मुगुबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद हुन् भने बहालवाला नेपाली काङ्ग्रेस मुगु जिल्ला पार्टी सभापती पनि हुन । २०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका-२ जडेपानी गाँउमा जन्मेका शाही २०४४/०४५ ताका नेपाल विद्यार्थी संघबाट संक्रिय राजनीतिमा होमिएका थिए ।

    २०४८- ०५१ र २०५२ – ०५३ मा शाही तत्काली शिक्षा राज्यमन्त्री हस्त बहादुर मल्लको स्वकिय सचिव भएर काम गरेका थिए । शाही बहुदलिय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ मा शाही मुगु लिल्ला सभापतिमा निर्वाचित भएका थिए ।

    २०७० मा पहिलोपटक संविधानसभा सदस्यको उम्मेदवार बनेका शाही झिनो मतान्तरले एमालेका मोहन बानियाँसङ्ग पराजित हुन पुगेका थिए । शाही फेरी दोस्रो पटक २०७८ मा कांग्रेस मुगु सभापति बने । २०७९ को आम निर्वाचनमा दोस्रो पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी यो बेला निकटतम प्रतिस्पर्धि नेकपा एमालेका उम्मेद्वार राजबहादुर कार्कीलाई पराजित गर्दै ठुलो मतान्तरले विजयी भएका थिए । २०५६ यता मुगु काङ्ग्रेसले संघिय संसदमा माननीय पाएको थियो ।

    झण्डै चार हजार बढीको मन्तारन्तरले पहिलो पटक शाही संसदमा प्रवेश गर्न सफल भए । शाहीले औपचारिक शिक्षा अन्तर्गत स्नातक तह उतीर्ण गरेका छन् । भद्र र सालिन नेताका रुपमा परिचित शाहीले समग्र कर्णालीसहित मुगु जिल्लाको विकासमा ठुलो योगदान गर्ने यहाँका जनताले विश्वास लिएका छन ।

    माओवादिहरुले घर नै लुटेपछी परिवारै विस्तापित भएका थिए
    तत्कालिन द्वन्दकालमा माओवादीले काङ्ग्रेस भएको भन्दै २०५८ साल माघ १७ गते शाहिका बुवाहरुका ३ भाइका सबै घर,सम्पती लुटेर लग्दा पुरै ८० जनाको परिवार विस्थापित भएको थियो ।

    शान्ती प्रकृया शुरु भएपछि शाहिको परिवार बिस्तारै लएमा आउदै गरेको बेला केपी ओली नेतृत्वको नवगठित मन्त्रीपरिषदमा नेपाली काङ्ग्रेसबाट ऎन बहादुर शाही वन तथा वातावरण मन्त्री भएका छ्न ।

    प्रतिक्रिया