• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको पहिलाे पटक नदी किनारमा भब्य उद्घाटन

2.4K
SHARES



काठमाडैं । ३३ औँ ग्रिष्मकालीन पेरिस ओलम्पिकको भब्य उद्घाटन गरिएको छ । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति पेरिस ओलम्पिकको इतिहासमा पहिलो पटक उद्घाटन समारोह रङ्गशाला बाहिर नदी किनारमा भएको हो ।

पेरिस ओलम्पिकमा सहभागी दुई सय देशका १० हजार पाँच सय भन्दा धेरै खेलाडी सेन नदीमा आयोजित परेडमा सवार भएका छन् । समारोहमा सेन नदी किनारमा हजारौँ दर्शक उपस्थित थिए । आतिशबाजीसहित चर्चित गायकहरुले प्रस्तुति दिएका छन् ।

उद्घाटन समारोहमा नेपालको झन्डा टेबलटेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोकेका छन् । पेरिस ओलम्पिक यही साउन २७ गतेसम्म चल्नेछ । औपचारिक उद्घाटन अघि नै फुटबल, ह्यान्डबल, आर्चरीलगायतका खेल शुरु भइसकेका छन् ।

पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्यान्टु र मनितासहित एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीका डुवाना लामा र एलेक्जेन्डर शाह, ब्याडमिन्टनका प्रिन्स दाहाल रहेका छन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ