काठमाडौँ । मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल विभाजित भएको छ । मंगलबार पार्टीका सह-संयोजक धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ले ३ पेज लामो एक विज्ञप्ति निकाल्दै एकता प्रकृया असफल भएको घोषणा गर्दै पार्टी विभाजन भएको संकेत गरेका छन् ।
उनले दुई बर्षको अवधिमा पार्टी एकतालाई सुदृढ गर्न आफुहरुको तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद एकता सफल हुन नसकेको बताएका छन् । अतः समय र विषयको संवेदनशिलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।’ उनले भनेका छन् ।
अहिले रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकाय र प्रमुख नेतृत्व तहमै रहेको भन्दै सह-संयोजक कञ्चनले एकता आज सफल नभए पनि भोली सम्भव हुने तर, अनावश्यक तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्ने बताएका छन्।
यस्तो छ प्रेश वक्तव्य
नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच २०८० बैशाख १८ गते तथा त्यसको ठिक एक बर्ष पछि २०८१ बैशाख १९ गते नेपाल कम्युनिस्ट पार्टी (मशाल) बीच पार्टी एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको थियो । हाम्रो एकताका मुलतः दुई वटा उद्देश्यहरू रहेका थिए- प्रथम, नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई नयाँ संश्लेषणकासाथ गति प्रदान गर्ने ।
जहाँ नयाँ संश्लेषणको मर्म थियो- वर्तमान नेपाली समाजमा विकसित आर्थिक एवम् राजनीतिक संकटहरूलाई मालेमाको आधारभूत मार्गनिर्देशन, आजको आवश्यकता र नेपाली मौलिकताको आधारमा समाधानको सहि बाटो तय गर्नु । र दोस्रो, क्रान्तिकारी कम्युनिस्टहरूलाई भौतिक ताकतकासाथ केन्द्रीकृत गर्नु र देशभक्ति एवम् जनपक्षिय मनोविज्ञानलाई समेत ध्रुविकृत गर्नु । यहाँ केन्द्रीकरण या ध्रुविकरणको मर्म थियो- बिचारधारात्मक, राजनीतिक, संगठनात्मक र योजनात्मक केन्द्रीकरण । उपर्युक्त दुई आधारभूत उद्देश्यहरूलाई गम्भीर आत्मवोध गरेर नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को तर्फबाट सम्पूणर् तहको नेतृत्व पंक्ति बिनाशर्त र उत्साहकासाथ सहभागि भयो ।
जब एकताको अन्तिम प्रक्रिया शुरु भयो, महाधिवेसनका लागि दस्तावेज लेखनको काम अघि बढ्यो, समयतालिका समेत निर्धारण भयो, हामीहरूबीच रहेका कैयौँ सैद्धान्तिक र राजनीतिक मतभिन्नताहरू जो एकताकै अवधिमा एकअर्काबीच जानकारी गरिएका र बहसको प्रक्रियामा लैजाने नीतिगत समझदारी समेत भएका थिए, ति बिषयवस्तुहरूले औपचारीक बहसको प्रक्रियामा प्रवेश पाए, बहसका महत्वपूणर् विषयहरू अन्तर्गत नेकपा (मशाल) को तर्फबाट माओविचारधारा, नौलो जनवाद, दश बर्षे जनयुद्धको समिक्षा र राज्यपूनर्संरचना, नेकपा (क्रामा) को तर्फबाट नयाँ जनवादी क्रान्ति एवम् नेकपा (बहुमत) को तर्फबाट वैज्ञानिक समाजवाद रहेको थियो, बहसको बिधिका बारेमा कैयौँ बिषयहरूलाई आन्तरिक र कैयौँलाई सार्बजनिक बहस गर्न सकिने निर्धारण समेत भएको थियो, तब बहसलाई अनुसन्धानमुलक र रुपान्तरणकारी बनाउने हाम्रो प्रयासमा अवरोधहरू शुरु भए ।
त्यसलाई धेरै अस्वाभाविक ठानिएन । हामी बहसको प्रक्रियामा निरन्तर सहभागि बन्दै गयौँ तर, अवरोधहरू झन् गहिरिँदै गए । गएको अषाढ ११ गतेबाट शुरु भएको महाधिवेसन आयोजक समितिको दोस्रो पूणर् बैठकमा समूहगतरुपमा सम्पूणर् दस्तावेजहरू र फरक दस्तावेजहरूमाथि समेत बहस भयो ।
बहसमा सम्पूण कमरेडहरूको जिम्मेवारीपूर्ण सहभागिता रह्यो । केन्द्रीय समितिको वैठक समापनपछि पार्टी संयोजक कमरेड किरणको हस्ताक्षरमा असार १८ गतेको मितिमा असार १९ गते वक्तव्य सार्वजनिक भयो । वक्तव्यको बुँदा नं. ५ मा “केन्द्रीय संगठन समितिको वैठकमा माक्र्सवाद-लेनिनवाद-माओवाद/माओविचारधारालाई पथप्रदर्शक सिद्धान्त र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशालाई अवलम्वन गरेको हाम्रो पार्टीको एकता महाधिवेशनलाई सफलतापूर्वक तथा शानदाररुपमा सम्पन्न गर्नका लागि विशेष जोड दिईएको छ” भन्ने उल्लेख गरियो । उक्त विषयका वारेमा के स्पष्ट गर्नु आवश्यक हुन्छ भने नेकपा (मशाल) को तर्फबाट माओविचारधाराको बहस महाधिवेसनको प्रक्रियासम्म लिन पाउनुपर्छ र महाधिवेसनको हलले जुन विधि र प्रक्रिया तय गर्दछ त्यसलाई आत्मसात गर्ने भन्ने रहेकोले पार्टीको लेटरहेडमा एकता प्रक्रियादेखि नै माओविचारधारा उल्लेख गरिँदै आएको थियो ।
तर वक्तव्यमा उल्लेख गरे झैं त्यो ‘पथप्रदर्शक सिद्धान्त’ भईसकेको थिएन । बहसका लागि भने सहमतिको महत्वपूणर् विषय थियो । ठिक त्यसैगरी राजनीतिक कार्यदिशाका वारे नौलो जनवाद या वैज्ञानिक समाजवाद भन्ने विषय पनि महाधिवेसनसम्मका लागि बहसको विषय थियो र नेकपा (बहुमत) ले वैज्ञानिक समाजवादका वारेमा आफ्नो मत स्पष्ट राख्दै आएको थियो । कुनै पनि वैठक या सहमतिमा वक्तव्यको भाषाले भने झैँ ‘नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने राजनीतिक कार्यदिशा अवलम्वन’ गरेको या निणर्य भएको थिएन, छैन । यो विषयका वारे तुरुन्तै फरक मतको तर्फबाट पार्टी केन्द्रीय संयोजक कमरेड किरणलाई मौखिक र लिखित असहमति पत्र प्रेशित गरियो । सोहि विषयलाई लिएर असार ३० गते बसेको केन्द्रीय कार्यसम्पादन मण्डलको वैठकमा विषयको गम्भिरता र पार्टी एकताको मर्मबिपरित गुटबन्दीको समेत आरोप लगाईयो । जबकि, उक्त पत्रमा ‘कि दुबै समानान्तर दस्तावेज उल्लेख गरिनुपथ्र्यो कि दुबै उल्लेख गर्नु हुदैन्थ्यो’ भन्ने टिप्पणीसहित ‘केन्द्रीय समितिमा प्रस्तावित समानान्तर दस्तावेज वारे उल्लेख गरेर’ नयाँ वक्तव्य जारी गर्नु पर्ने सुझाईएको थियो ।
केन्द्रीय समितिको वैठकमा व्यापक बहस भएर तल्ला कमिटीहरूमा समेत फरक दस्तावेजहरूलाई पठाउने भन्ने महाधिवेशन आयोजक समिति र केन्द्रीय कार्यालयको निणर्य बिपरित कमरेड संयोजकबाटै सल्लाह नै नगरेर यसरी विषयवस्तु जबर्जस्त थोपर्नु बहसलाई अमर्यादित बनाउनु र अनुसन्धानलाई अस्विकार गर्नु हुन जान्छ । यहाँ के कुरा पनि स्पष्ट पार्नु उचित हुन्छ भने दुई बर्ष लामो बहसको यो समग्र प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त हुँदै आएको अवरोधजन्य कार्यशैलीको यो निरन्तरता मात्र हो ।
कुनै न कुनै रुपमा यो दृष्टिकोण र चिन्तन पद्धतिको समेत सिमा हो । हामीले आफैँलाई नढाँटेर भन्ने हो भने यो बेला रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकायमा र प्रमुख नेतृत्व तहमै हो । हो, रुपान्तरण कसैको आग्रह र दबावले सम्भव हुँदैन । त्यो हरेक व्यक्ति स्वयम्प्रतिको स्पष्टता, विश्वास र समर्पण पनि हो । अतः पार्टी र आन्दोलनको यो निकै संवेदनशिल समयमा, देशको राजनीतिले निकै संकटपूणर् मोड लिईरहेको यो समयमा क्रान्तिकारीहरूको जिम्मेवारी आपसमा लडेर आफ्नै उर्जा सखाप पार्नु भन्दा संयमतापूर्वक एक कदम पछि हटेर एक अर्कालाई मद्दत गर्ने हुनु आवश्यक छ । माथिल्लो निकायबाट हुने गलत तरिकाको अवलम्बनले तल्ला कमिटीहरूमा अस्वस्थता पैदा गर्ने र त्यसले कमरेडहरूकाबीच रुपान्तरणका लागि सहयोग गर्ने भन्दा पनि पुर्बाग्रह र बदलाभाव तिर प्रेरित गर्दछ ।
एकता आज सफल नभए भोली सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्छ । दुई बर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन सकेनौँ । अतः समय र विषयको संवेदनशिलतालाई मध्यनजर गरेर आजैका मितिबाट एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएका छौँ ।
एकताको आरम्भमा पैदा भएको उत्साह र उर्जा जोगाउन नसक्नुमा हाम्रो तर्फबाट पनि कतिपय कमिहरू भए होलान् हामि त्यसप्रति आत्मालोचना गर्न चाहन्छौँ । जनता र देशको हितमा, क्रान्तिको निरन्तर यात्रामा समर्पित हुने ईमानदारीता नटुटेको खण्डमा हाम्रो एकता अवश्यम्भावि छ । दुबै पार्टीमा रहेका सम्पूणर् कमरेडहरूमा क्रान्ति र एकताका लागि हामी प्रतिबद्धता व्यक्त गर्न चाहन्छौँ । बृहद अनुसन्धानका लागि उत्प्रेरीत गर्न चाहन्छौं । हामीले कठोरतापूर्वक भन्नै पर्दछ कि क्रान्ति हुनु क्रान्तिकारी बिचार(नीति) अनिवार्य हुन्छ ।
तर, आजको क्रान्तिकारी विचार कुन चाहिँ हो भन्ने कुरा पत्ता लगाउनु हरेकका लागि निकै कठिन काम हो । हाम्रो गहिरो विश्लेषण र दृढ विश्वास यो हो कि आजको क्रान्तिको सहि कार्यदिशा वैज्ञानिक समाजवाद नै हो । माक्र्सवादको निर्देशनमा सत्य पत्ता लगाउने एउटा मात्रै विधि हो- क्रान्तिकारी व्यवहार ! कमरेडहरू, त्यसप्रति हामी ईमानदार बनौँ ! अन्तमा, दुई बर्षको यो एकताप्रक्रियामा आफ्ना अमुल्य भुमिकासहित निःसर्त समर्पित सम्पूणर् कमरेडहरू, समर्थक र शुभचिन्तकहरूमा धन्यवाद ज्ञापन गर्दै नयाँ आधारमा नयाँ एकताको विश्वास व्यक्त गर्दछौँ । र, आगामि दिनहरूमा नेपाली समाजले माग गरेको वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्ने अभियानमा दृढतापूर्बक अगाडि बढ्न सबै क्रान्तिकारी, देशभक्त, जनपक्षिय शक्तिहरूमा हार्दिक अपिल गर्दछौँ । धन्यवाद ! लालसलाम !!
प्रतिक्रिया