• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    हास्य कलाकार हरिवंश आचार्यकाे नाकबाट रगत बगेपछि…

    6.1K
    SHARES



    विराटनगर । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन् । नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन् ।

    विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए ।

    शनिवार विराटनगरमै बसेका आचार्य आइतबार बिहान काठमाडौँ फर्कन लागेका थिए । आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए ।

    आचार्य बिरामी भएपछि उनलाई भेट्नेहरुको अस्पतालमा घुइँचो लागेको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ