• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    खेलकुद

    न्युजिल्यान्डमाथि श्रीलंका तीन विकेटले विजयी

    1.1K
    SHARES



    श्रीलंका । घरेलु मैदानमा श्रीलंकाले न्युजिल्यान्डसँगको दोस्रो एक दिवसीय खेलमा तीन विकेटको जित हात पारेको छ।

    आइतबार पालेकेलको घरेलु मैदानमा भएको दिवारात्री खेलमा न्युजिल्यान्डले दिएको २१० रनको लक्ष्य श्रीलङ्काले १ ओभर बाँकी रहँदा ७ विकेटको क्षतिमा पुरा गरेको हो। वर्षाका कारण खेल ४७ ओभरमा घटाइएको थियो।

    श्रीलंकालाई जित दिलाउने क्रममा कुशल मेन्डिसले अविजित ७४ रन जोडे। उनी खेलको म्यान अफ द म्याच समेत घोषित भए। यसैगरी पाथुन निसान्काले २८ रन जोडे। बलर हाबी भएको खेलमा नवौँ क्रममा मोबिस थक्सेनाले २८ रनको योगदान गरे।

    न्युजिल्यान्डका माइकल ब्रेसवेलले १० ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४५.१ ओभरमा सबै विकेट विकेट गुमाउँदै २०९ रन बनाएको थियो।

    श्रीलंकाका मार्क चापम्यानले ७६ तथा माइकल हेले ४९ रन जोडे। श्रीलङ्काका महेश थक्सेनाले ९.१ ओभरमा ३१ रन खर्चेर तीन विकेट लिए। जेफ्री भन्डर्सीले १० ओभरमा ४६ रन खर्चेर ३ विकेट लिएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया