• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

    20
    SHARES



    काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा बंगलादेशविरूद्ध नेपालले बराबरी गोल फर्काएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनलाई प्रिती राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।

    त्यसअघि ५२ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो। नेपाली डिफेन्डरले क्लियर गर्न नसकेको बलमा बंगलादेशकी मोनिका चक्माले डिबक्स भित्रबाट गोल गरेकी थिइन्। त्यसअघि नेपाल र बंगलादेशले पहिलो हाफमा गोलरहित बराबरी सकियो।

    खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन। नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविना गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।

    खेलको दशौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगालदेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

    त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए। नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिपमा लगातार दोस्रो पटक उपाधिका लागि भिडेका हुन्। सन् २०२२ मा दशरथ रंगशालामै भएको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकालेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ