• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    साफ च्याम्पियनसिप उपाधि भिडन्त- नेपाल र बंगलादेशबीचको पहिलो हाफ बराबरीमा

    6
    SHARES



    काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा नेपाल र बंगलादेशबीचको पहिलो हाफ गोलरहित बराबरीमा छ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा पहिलो हाफमा दुवै टीमले पाएको अवसरमा गोल गर्न सकेनन् । खेलको दोस्रो मिनेटमै बंगलादेशले गोल गर्ने सुन्दर अवसर सदुपयोग गर्न सकेन।

    नेपालकी डिफेन्डर गीता रानाले डिबक्स नजिक मिस पास दिएपछि पाएको बलमा बंगलादेशकी कप्तान सविना खातुनले सशक्त प्रहार गरेकी थिइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो। त्यसपछि सविनाले गरेको हेडरलाई नेपाली गोलकिपर एन्जिला तुम्बापो सुब्बाले नियन्त्रणमा लिइन्।

    खेलको दशौं मिनेटमा नेपालले अग्रता लिने अवसर गुमायो। बंगलादेशकी गोलकिपर रुप्ना चक्मा अघि बढेको अवस्थामा नेपालकी अमिषा कार्कीले डिबक्समा गोल गर्ने अवसर पाइन्। तर उनको प्रहार बारमा लागेर फर्किएको थियो।

    त्यसपछि दुवै टोलीले गोलका लागि अवसर सिर्जना गर्ने प्रयास गरे। तर दुवै टोलीले डिबक्समा लगेर प्रहार गर्न असफल भए।

    नेपाल र बंगलादेश साफ महिला च्याम्पिनसिपमा लगातार दोस्रो पटक उपाधिका लागि भिडेका हुन्। सन् २०२२ मा दशरथ रंगशालामै भएको फाइनलमा नेपालमाथि बंगलादेशले ३-१ गोलको जित निकालेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ