• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    नेपालले अमेरिकालाई दियो १६५ रनको लक्ष्य

    15
    SHARES



    काठमाडौं । नेपालले अमेरिकालाई १६५ रनको चुनौती दिएको छ । टि-२० सिरिज अन्तर्गत अमेरिकाको डालसस्थित ग्रान्ड पिएरे मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो ।

    अमेरिकाविरुद्ध नेपालका ओपनर अनिल शाह र आशिफ शेखले समान २७/२७ रन बनाए। शाहले १८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा शेखले २७ बलमा चार चौका हिर्काए।

    तेस्रोक्रममा आएका कुशल भुर्तेल १३ बल खेल्दै १० रनमा आउट भए भने आक्रामक ब्याटिङ सुरु गरेका गुल्सन झा सात बलमा १ छक्का र एक चौका प्रहार गर्दै ११ रन बनाएर आउट भए।

    नेपालका कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले सम्हालिएर ब्याटिङ गर्दै अमेरिकाविरुद्ध सम्मानजनक योगफल तयार पारेका हुन्। कप्तान पौडेलले ३३ बलको सामना गर्दै चार चौका र एक छक्काको मद्दतमा ४९ रन जोडे ।

    कप्तान पौडेलले एक रनले अर्धशतक प्रहार गर्न चुकेको खेलमा ऐरीले १७ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतमा २८ रन जोडे । त्यसपछिका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

    १९ औं र २० औं ओभरमा नेपालको ब्याटिङ लाइन टिक्न सकेन । करण केसी र आरिफ शेख शून्यमा आउट हुँदा सोमपाल कामीले मात्र दुई रन जोड्न सके ।

    नेपालको ब्याटिङ लाइन ध्वस्त पार्न अमेरिकाका लागि सौरभ नेत्रावलकर, जसदीप सिंहर हरमित सिंहले समान दुईदुई विकेट लिए । १६५ रनको चुनौती पाएको अमेरिकाले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ