• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विचार-ब्लग

    शान्तिपूर्ण क्रान्तिलाई हिंसात्मक बनाउन खोज्ने केपी सरकारले अब हुने विकसित नयाँ परिवेशको जिम्मा लिन सक्छ ?

    38.3K
    SHARES

    सानो छँदा हिउदमा खोला सानो हुन्थ्यो र मलाई त्यतिबेला लाग्थ्यो कि खोलो ठुलो भइदिए पौडी खेल्न कती रमाइलो हुन्थ्यो होला । जब बर्खामा खोलो ठुलो हुन्थ्यो हुँदा पौडी खेल्ने आँट नै आउँदैन थियो । सन्दर्भ र परिस्थिती उस्तै उस्तै, अर्थात् के अब यो फासिवादी केपी सरकारले क्रान्तिको बेग रोक्न सक्छ ? शान्तीपूर्ण क्रान्तिलाई हिंसात्मक बनाउन खोज्ने केपी सरकारले अब बिकशित हुने नयाँ परिवेशको जिम्मा लिन सक्छ ?

    फरक बिचार , फरक सिद्दान्त र फरक राजनैतीक स‌स्कारलाई दमनबाट हल गर्न खोज्ने हो भने नेपाल पुन : युद्द भुमीमा रुपान्तरण हुने निश्चित छ । क्रान्तिकारीहरुको हत्या, गिरफ्तारी , यातानाले क्रान्ति रोकिदैन । न्युटनले सिद्दान्त प्रतिबादन गर्दै भनेका छन – ‘बाद बिरुद्द प्रतिबाद र दमन बिरुद्द बिस्फोट ।’

    आज प्रकाण्डको गिरफ्तारी हुँदै गर्दा अब नेपाल कम्युनिष्ट पार्टीले हातमा दही जमाएर बुद्धमार्गी हुनुपर्छ भन्ने कहिँकतै पनि लेखिएको छैन ।
    जब राज्यले पूर्ण दमनको बाटो लिन्छ, तब क्रान्तिकारीहरुले हतियारको बाटो रोज्नु क्रान्तिकारीको संबैधानिक नियम र यथार्थता हो । बिचारलाई निमिट्यान्न पार्न राज्य हिंस्रक बनेपछि क्रान्तिकारीहरुले ‘जय काली’ भनेर हतियार उठाउनु अब नाजायज रहन्न । सरकारले हतियारको भाषा बोलिरहँदा क्रान्तिकारीहरुले शान्ती भजन गर्नुपर्छ भन्ने पनि कहिँकतै उल्लेख छैन।

    आज खड्ग बहादुर बिस्वकर्मा ‘प्रकाण्ड’ लाई जसरी गलत नियत र सोचले सरकारले गिरफ्तार गरेको छ, त्यो मानब अधिकारको अन्तर्राष्ट्रिय मान्यता, प्रजातन्त्रभित्र फरक मतको स्वीकार्यता र नेपालको संबैधानिक ब्यबस्था बिरुद्ध छ । फरक राजनैतीक बिचार राख्ने बित्तिकै दुस्मन र राक्षस देख्ने निरंकुश, फासिवादी केपी सरकारको चरित्र यो घटनाले उदांगो भएको छ ।

    अब विप्लव कमरेडको पनि अग्नी परिक्षा सुरु भएको छ । यो फासीबादी सरकारले निरन्तर नेता कार्यकर्ता गिरफ्तार गर्दै जाने, अनि विप्लव कमरेडले सहदै जाने हो भने अब क्रान्ति बिसर्जनको बाटोमा पुग्नेछ । अहिलेको यो फासीबादी सरकारको रबैयाबिरुद्ध हतियार सहितको प्रदर्शन अति नै आवश्यक देखीएको छ ।

    कमरेड माओले भन्नुभएको थियो कि क्रान्तिकारीहरु दुई कुराबाट जोगिनु पर्दछ , एउटा अनावश्यक बलिदान र आर्को आवश्यकतामा कायरता । आजको परिस्थिती कायरताको होइन , बलिदानको हो । यो समय क्रान्तिको धैर्यता टुटेको समय हो । विप्लव कमरेले अब आदेश र सन्देश जारी गर्दै क्रान्तिको जटिल बाटो सुरु भएको घोषणा गर्न अत्यन्त जरुरी छ । जुन आदेश र सन्देशका लागि क्रान्तिकारी युवाहरु पर्खेर बसेका छन् ।

    व्यक्तिक स्वतन्त्रता , राजनैतीक स्वतन्त्रता र अन्तरराष्ट्रिय मान्यतालाई धज्जी उडाउदै तानाशाही प्रवृति देखाउने केपी सरकारबिरुद्ध आदरणीय विप्लव कमरेडले अब बिना कुनै सम्झौता पूर्णक्रान्ति सुरु भएको एेलान गर्न जरुरी छ । त्यो अधुरो क्रान्ति पुरा गर्न मजस्ता हजारौ क्रान्तिकारी जन्मिने छन, त्यसैले विप्लव कमरेड फासिवादी निरंकुश राज्यबिरुद्ध युद्धको घोषणा गर्नुहोस् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ