• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    मेलम्ची खानेपानीको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर, पूर्वसचिव भीम उपाध्यायसहित ११ जनाले पाए सफाइ

    451
    SHARES



    काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा ४ जना दोषी ठहर भएका छन् । आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा मुद्दा खेपिरहेका अन्य ११ जनाले भने विशेष अदालतबाट सफाइ पाएका छन् ।

    विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले हिजो मेलम्ची आयोजनासम्बन्धीे भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा, सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई दोषी ठहर गरेको हो ।

    पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मासहित ११ जनाले सफाइ पाएका हुन् । कसुर ठहर भएकाको हकमा अदालतले असोज ७ गते सजाय निर्धारण गर्ने अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले बताएका छन्  ।

    आयोजनाको विभिन्न प्रकृति र चरणमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० साल फागुन ६ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । परामर्शदातासहित चार कम्पनीलाई बिगो कायम गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ