• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रवास

    मुना पाण्डे हत्या प्रकरणमा अमेरिकामा एक जना पक्राउ

    2.1K
    SHARES



    ह्यूष्टन । अमेरिकाको ह्युष्टन प्रहरी विभागले २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या प्रकरणमा एक पुरुषलाई पक्राउ गरेको छ । अधिकारीहरू यस मामिलाका सन्दिग्धको सर्भिलेन्स क्यामेराले खिचेका तस्बिर जारी गरेका थिए । तर बुधबार पक्राउ परेका व्यक्ति त्यही व्यक्ति हुन् कि होइनन् भन्ने चाहिँ स्पष्ट छैन ।

    दुई दिन अघि दक्षिण पश्चिम ह्युष्टनको अपार्टमेन्टमा मुना मृत भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो । सोही अपार्टमेन्टबाट बाहिरिइरहेको अवस्थामा ती पुरुषको तस्बिर सर्भिलेन्स क्यामरामा कैद भएको थियो ।

    ती पुरुषको पहिचान खुल्न सकेको छैन । मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । मुना नर्सिङ पढिरहेकी थिइन् । उनी सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ