• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

पेरिस पारालिम्पिकमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

2.4K
SHARES



काठमाडौं । पेरिस पारालिम्पिकमा नेपालका ३ खेलाडीले प्रतिस्प्रधा गर्ने भएका छन् । बुधबारदेखि फ्रान्सको पेरिसमा पारालिम्पिक सुरु हुन लागेकाे छ भने पेरिस ओलम्पिक सकिएपछि अहिले याे खेलले चर्चा पाएकाे छ ।

जसमा नेपालबाट दुई खेलका तीन खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । ओलम्पिकमा सहभागितामै सीमित भएको नेपालले पारालिम्पिकमा भने पदक जित्ने लक्ष्य राखेको छ ।

नेपालबाट पेरिस पारालिम्पिकमा पारा तेक्वान्दोका पलेशा गोबर्धन र भरतसिंह महता तथा पारा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्दैछन् ।

पलेशाले तेक्वान्दोको के-४४ अन्तर्गत महिला ५७ केजीमुनि तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् भने भरतले के-४४ अन्तर्गत पुरुष ५८ केजीमुनि तौलमा प्रतिस्पर्धा गर्नेछन् । यस्तै भीमले पौडीको पुरुष ५० मिटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्नेछन् ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ