काठमाडाैँ । सैयद रेफात अहमद बंगलादेशको नयाँ प्रधानन्यायाधीश नियुक्त गरिएको छ ।
यसअघि शनिबार दिउँसो प्रधानन्यायाधीश ओबैदुल हसनले राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले नयाँ प्रधानन्यायाधीश नियुक्त गरेका हुन् ।
शनिबार सैयद रेफात अहमदलाई युनुसले प्रधानन्यायाधीश नियुक्त गरेका हुन् । उनी उच्च अदालतका वरिष्ठतम् न्यायाधीश थिए ।
प्रतिक्रिया