• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    आज यी चार प्रदेशमा भारी वर्षा हुने, कहाँ-कहाँ छ बाढीको सम्भावना ?

    1.5K
    SHARES



    काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास छ।

    अहिले बिहान कोशी, मधेस र बागमती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रहेको छ भने बाँकी प्रदेशहरूमा आंशिकदेखि साधारणतया बदली रहेको देखिन्छ। कोशी र बागमती प्रदेशका थोरै स्थानहरू तथा गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    राति देशभर साधारणतया बदली रहने छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको नियमित बुलेटिनमा अद्यावधिक छ।

    बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ ।

    आज इलाम, झापा, पर्सा, चितवन, काठमाडौँ, भक्तपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब. सु. पश्चिम ), रुपन्देही, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, अछाम, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने बाढी पूर्वानुमान महाशाखाको पूर्वानुमान छ।

    त्यस्तै शुक्रबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भइ बहने केही स-साना नदीहरूमा बहाव बढ्ने पूर्वानुमान छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ