काठमाडैँ। बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना अब राजनीतिमा नआउने भएकी छिन् । हसिनाको छोरा तथा प्रधानमन्त्री रहँदा हसिनाको पूर्व आधिकारिक सल्लाहकार समेत रहेका सजीव वाजेद जोयले सोमबार बीबीसीसँगको एउटा अन्तरवार्तामा यस्तो बताएका हुन् ।
परिवारको जोरजर्बजस्तीमै हसिनाले आफ्नो सुरक्षाका लागि देश छाडेको पनि उनले बताए । सोमबार सरकार विरोधी हिंसात्मक विरोध प्रदर्शन उग्र बनेपछि प्रधानमन्त्रीको पदबाट राजीनामा दिएर हसिनाले भारतमा शरण लिएकी थिइन् । जोयका अनुसार हसिनाले आइतबारदेखि नै राजीनामा दिने विचार गरिरहेकी थिइन् ।
प्रतिक्रिया