• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद

    स्केटिङ तथा स्केटवोर्डिङ्ग संघको प्रथम गण्डकी प्रदेश अधिवेशन सम्पन्न

    1.4K
    SHARES



    पोखरा ।  गण्डकी प्रदेश स्केटिङ तथा स्केटवोर्डिङ्ग संघको प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ।  गण्डकी प्रदेशका अधिकांस जिल्लाको प्रतिनिधि सहित प्रदेश कार्यसमितिका अध्यक्ष राजकुमार घिमिरेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।

    कार्यक्रमको प्रमुख अथिति प्रदेश खेलकुद परिसद गण्डकीका सदस्य तथा प्रतिनिधि बिनय थापा रहेका थिए।  अधिवेशनले २ सदस्य पछि थप्ने गरी ११ सदस्सीय संघ गठन गरेको छ । निर्वाचन अधिकृत अधिवक्ता प्रमोद आचार्य नेतृत्वको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयनको नतिजा घोषणा गरेको हो।

    संघको अध्यक्षमा राजकुमार घिमिरे निर्वाचित भएका छन् भने अन्य पदाधिकारीमा उपाध्यक्षमा बुद्दी पुन, महासचिवमा सुर्य खड्का, सचिवमा छन्त्याल, कोषाध्यक्ष भरत तिमिल्सिना, सदस्य इश्वर सिंह, दयाराम अधिकारी, सुनिल भुर्तेल, रेमु थापा रहेका छन् ।

    गत बैशाखमा भेला मार्फत तदर्थ समितिको मान्यता पाएको समितिले शनिबार सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिको मान्यता पाएको छ । अधिवेशनमा अध्यक्ष राजकुमार घिमिरेले प्रतिवेदन र कोसाध्यक्ष भरत तिमिल्सिनाले आर्थिक प्रतिवेदन पेश गरेका थिए। उक्त प्रतिवेदन ब्यापक छलफलपछि पारित भएको छ।

    समितिको तर्फबाट नव निर्वाचित अध्यक्ष राजकुमार घिमिरेले नयाँ कार्ययोजनासहित गण्डकी प्रदेशमा खेलाडीको संख्या बढाउने, विभिन्न प्रतियोगितामा गण्डकीलाई अग्र स्थानमा पुर्याउने, क्लव पार्कहरुलाई व्यवस्थित बनाउने, नियमन र व्यवस्थापनमा चुस्त भएर लाग्ने योजना समेत प्रस्तुत गरेका छन्।

    यस्तै अध्यक्ष घिमिरेले कार्ययोजनाको निम्ति खेलकुद परिसद, पोखरा महानगरपालिका, खेलकुद मन्त्रालयलगायत सम्पूर्ण सरोकारवाला पक्षहरुको ध्यानाकर्षण समेत गराए। विभिन्न खेलाडी प्रशिक्षक, सहयोगदाता लगायतलाई सम्मान गरिएको कार्यक्रमको सन्चालन सुर्य खड्काले गरेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ