• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

काभा वुमन्स भलिबल : पहिलो खेलमा नेपालको जित

2K
SHARES



काठमाडौं । आजबाट सुरु भएको काभा वुमन्स नेसन्स लिग भलिबलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१९ ले जित हासिल गरेको हो । प्रतियोगितामा नेपाल र श्रीलंकासहित भारत, माल्दिभ्स र इरान सहभागी छन् । खेल राउण्ड रोविन लिगका आधारमा हुनेछ। लिगको शीर्ष चारमा रहने टोली सेमिफाइनल खेल्नेछन् ।

सेमिफाइनलमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो स्थानमा रहने टिमले प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल साउन २२ गते हुनेछ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ