• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खाेल्याे : निर्माण उद्योग परिषद

    1.2K
    SHARES



    काठमाडौँ  । नेपाल निर्माण उद्योग परिषद चालु आर्थिक वर्षकाे मौद्रिक नीतिले अर्थतन्त्र चलायमान बनाउने ढोका खाेलेकाे बताएकाे छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै परिषद्ले निर्माण क्षेत्रका साथै समग्र वित्तिय क्षेत्र समेत संकटमुक्त भइ व्यवसाय गर्न सहज हुने गरि मौद्रिक नीति आएको भन्दै स्वागत गरेको हो ।

    वर्तमान सरकारको पहलमा राष्ट्र बैकले समस्या समाधान हुने गरि मौद्रिक नीति सार्वजनिक गरेर आफ्ना मागहरु सम्बोधन भएकाे भन्दै परिषद्ले धन्यवाद समेत दिएको छ ।

    चेक तथा जमानत जफत गरी कालो सूचीमा र प्रहरी धरकपड भई गुज्रिरहेको निर्माण क्षेत्रलाई मौद्रिक नीतिले उचित सम्बोधन गरेको र संकटग्रस्त रहेको निर्माण व्यवसाय पुनः सूचारु हुनको लागि मौद्रिक नीति कोसेढुङ्गा सावित हुने पनि परिषद्का अध्यक्ष खोपनिधि लोहनीले बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया