• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय

बंगलादेशकाे आरक्षण विरोधी प्रदर्शनमा अहिलेसम्म ११५ जनाको मृत्यु, इन्टरनेट सेवा बन्द

2.9K
SHARES



काठमाडौं । बंगलादेशमा सरकारी जागिरहरूमा आरक्षण विरोधी हिंसा भड्किएपछि प्रहरीले शनिबारदेखि देशभर कडा कर्फ्यु लगाएको छ । यस अवधिमा राजधानी ढाकाका सबै भागमा सेनाले गस्ती गरिरहेकाे छ ।

सार्वजनिक जमघटमा प्रतिबन्ध लगाए पनि यो कर्फ्यु सायद अहिलेसम्मकै सबैभन्दा घातक भएको बताइएको छ । पछिल्ला दिनमा हिंसा बढेपछि अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय १५ नाघेको छ स्थानिय सञ्चारमाद्यमहरूले जनाएका छन् ।

बंगलादेशमा भड्किएको हिंसाका कारण अहिलेसम्म सयौँ मानिस घाइते भएका छन् । शनिबार पनि केही टेलिभिजन च्यानल बन्द रहे भने अधिकांश पत्रपत्रिकाको वेबसाइट पनि बन्द रहेका छन् । ढाकास्थित अमेरिकी दूतावासले स्थिति अत्यन्तै अस्थिर भएको बताएको छ ।

देशमा लागू गरिएको कर्फ्यु शनिबार दिउँसो केही खुकुलो भए पनि आइतबार बिहान १० बजेसम्म लागू गरिएको थियो । कर्फ्यु लगाएसँगै बंगलादेश सरकारले देशमा मोबाइल इन्टरनेट सेवा बन्द गरेको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ