• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    ऊर्जामन्त्री बने जलविद्युत् लगानीकर्ता खड्का

    1.8K
    SHARES



    काठमाडौं । जलविद्युत् आयोजनाका प्रवर्द्धक दीपक खड्का ऊर्जामन्त्री नियुक्त भएका छन् । संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्का सोमबार मन्त्रीमा नियुकता भएका हुन् ।

    खड्का १ सय २० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ- भोटेकोसी जलविद्युत् परियोजना, ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका प्रवर्द्धक हुन् ।

    उनी पूर्वखानेपानी राज्यमन्त्री पनि हुन् । उनमाथि लैनचौरस्थित नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसायमा लगाएको आरोप लाग्दै आएको छ ।

    उनले ५ करोड रुपैयाँभन्दा बढी भाडा स्काउटलाई नबुझाएको पनि स्काउटले जनाएको छ । सो जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिए पनि त्यो समेत कार्यान्वयन हुन सकेको छैन ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया