• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    Uncategorized

    त्रिभुवन विश्वविद्यालयमा शैक्षिक क्यालेन्डर लागू

    607
    SHARES



    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । २०८१ असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकको निर्णय नम्बर १९६ ले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो ।

    त्रिवि शिक्षाध्यक्षको कार्यालयले उक्त शैक्षिक क्यालेन्डर लागू गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको छ । त्रिवि अन्तर्गतका अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभागहरू तथा कार्यक्रम लगायतका निकायहरूलाई शैक्षिक क्यालेन्डर लागू निर्देशन दिएको हो ।

    शिक्षाध्यक्ष प्राडा खड्क केसीले शैक्षिक क्यालेन्डर पारित गरेर लागू गर्न मातहतका निकायलाई निर्देशन दिइएको बताए । त्रिविले क्यालेन्डर कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्न एक समिति समेत बनाएको छ । उक्त समितिले नियमित अनुगमन गर्ने केसीको भनाइ छ ।

    त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमिस्टर प्रणाली अनुसारको क्यालेन्डर बनाएको हो । स्नातक तह सेमिस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन आह्वान हुनेछ ।

    त्यस्तै भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुनेछ । भने असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरिनेछ । भने मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछन् । माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ । २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गर्ने गरी शैक्षिक क्यालेन्डर बनाएको हो ।

    त्यस्तै वार्षिक प्रणाली अनुसार स्नातक तह प्रथम वर्षका लागि साउन दोस्रो हप्तादेखि भदौ तेस्रो हप्तासम्म भर्ना र भदौको चौथो हप्तादेखि कक्षा सञ्चालन हुनेछ ।

    २०८१ को चैत चौथो हप्तामा परीक्षा फारम खुल्नेछ । २०८२ जेठ पहिलो हप्तामा कक्षा सकिनेछैन भने २०८२ जेठ चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् । त्यसको नतिजा २०८२ असोजको दोस्रो हप्तामा आउने गरी शैक्षिक क्यालेन्डर बनाएको हो ।

    त्यस्तै स्नातककोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फारम खुल्नेछ । पुसमा प्रवेश परीक्षा तथा भर्ना हुनेछ । भने माघ १ गतेदेखि कक्षा सञ्चालन हुनेछ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् भने २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुनेछ ।

    त्रिविका क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयहरूले प्रयोगात्मक परीक्षाको अनुगमन गर्नेछन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया