• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    जीवनशैली

    धेरै रिसाउँदा हुनसक्छ यस्तो हानी

    3.9K
    SHARES



    काठमाडौं। कुनै कुरामा चित्त नबुझ्दा मानिसलाई रिस उठ्ने गर्दछ । रिस एक प्राकृतिक प्रतिक्रिया पनि हो जसले केही कुरा ठीक छैन भन्ने संकेत गर्ने गर्छ ।

    आफूले सोचेको जस्तो भएन भने वा अरूबाट आफूले चाहेजस्तो व्यवहार पाइएन भने कुनै पनि व्यक्तिलाई रिस उठ्छ । रिस मानिसको सबैभन्दा ठुलो शत्रु हो । यसैले कतिपय सम्बन्धहरू टुटेका उदाहरण पनि रहेका छन् । त्यसैले रिसलाई सही समयमै नियन्त्रणमा लिन आवश्यक हुन्छ ।

    रिसले केवल परिवार, साथीभाइ र आफन्तमा मात्र नभई समाज र स्वयम् व्यक्तिलाई पनि असर गर्दछ । यस अलावा व्यक्तिको स्वास्थ्यमा पनि ठुलो प्रभाव पार्दछ । रिसाउँदा शरीरमा पर्ने असरहरू निम्न छन् ।

    – रिसाउँदा मस्तिष्कमा बन्ने रासायनिक तत्त्वले शरीर तथा मस्तिष्कमा असर पार्दछ ।

    – रिसाउँदा आँखा रातो हुन्छ, अनि मुटुमा पनि जलन पैदा हुन्छ ।

    – रिसले मानिसको ब्लडप्रेशर उच्च पार्छ

    – रिसाउँदा मानिसमा आक्रामक भावना उत्पन्न हुन्छ, जो नियन्त्रण नभए घातक हुनसक्छ ।

    – यसले सोच–विचारको शक्ति कमजोर हुन्छ ।

    – रिसले मानिसमा तनाव बढाउँछ ।

    – लगातार रिसाउँदा पाचन प्रणालीमा पनि नराम्रो असर पार्दछ ।

    –रिसाउँदा पाचन तन्त्र कमजोर हुन्छ साथै एसिडिटी, कब्जियत, भोक नलाग्ने समस्या हुन्छ ।

    – रिसले मानिसमा अनिन्द्राको समस्या निम्त्याउँछ ।

    – सबैभन्दा महत्त्वपूर्ण, रिसाउने मानिसको आयु कम हुन्छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया