• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    पोल्याण्डको पीआर लिएको विषयमा शिक्षामन्त्री श्रेष्ठलाई सतर्कता केन्द्रले पठायो पत्र

    1.1K
    SHARES



    काठमाडौँ । राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलाई पोल्याण्डको पीआर लिएको विषयमा पत्र पठाएको छ । नेपाली नागरिकतासँगै पोल्यण्डको पीआर लिएको भन्दै परेको उजुरीका विषयमा बुझ्न भन्दै केन्द्रले उनलाई पत्र पठाएको हो ।

    मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल एक्समा एक भिडियो पोष्ट गर्दै केन्द्रबाट अत्यन्त जरुरी पत्र भन्दै पत्र आएको बताएकी छन् ।

    नेपाली नागरिकतासँगै यूरोपेली देश पोल्याण्डको पीआर लिएको भन्दै उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सतर्कता केन्द्रलाई पत्राचार गरेर आवश्यक अनुसन्धान गर्न भनेको थियो । सोही आधारमा केन्द्रले शिक्षामन्त्री श्रेष्ठलाई पत्राचार गरेर त्यसबारे जवाफ माग गरेको हो ।

    मन्त्री श्रेष्ठले आफूसँग नेपाली नागरिकता बाहेक कुनै पनि देशको पीआर तथा ग्रिन कार्ड नभएको बताएकी छन् । पोल्याण्डका नागरिकसँग बिहे गरेकी श्रेष्ठलाई त्यही देशको पीआर लिएको भन्दै अख्तियारमा उजुरी परेको थियो । उजुरीमा नागरिकता दुरुपयोग गरेको, दोहोरो नागरिक भएको तथा बैंक खाता खोल्दा दुरुपयोग गरेको आरोप लागेको थियो ।

    उनका श्रीमान् पोल्याण्डका नागरिक हुन् । तर, उनले पोल्यण्डका नागरिकसँग बिहे गरेको भएपनि त्यहाँको पीआर नल्याएको प्रष्ट पारेकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया