• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    गाउँ नै लुट्ने समूह महिना दिनपछि अत्याधुनिक हतियारसहित पक्राउ

    1.4K
    SHARES



    मुगु । गाउँ नै लुट्दै हिड्ने लुटेरा समुहलाई नेपाल प्रहरिले अत्याधुनिक हतियारसहित पक्राउ गरी सार्वजनिक गरेको छ ।

    आइतबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मुगुले लुटेर समुहमा संलग्न ३ जनालाई सार्वजनिक गरेको हो ।
    जुम्लाको पातारासी गाउँपालिका-३ महरीगाउँको चनेलेख नजिकको पाटनबाट अत्याधुनिक हतियारसहित प्रहरीले ६ जना पक्राउ गरेको थियो ।
    पक्राउ परेका ६ जना मध्ये ३ जनाको मात्र प्रत्यक्ष संलग्नता देखिएको प्रहरिले जनाएको छ । पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाले दिएको जानकारी अनुसार घटनामा संलग्न अन्य ५ जना अझै फरार रहेका छन । उनिहरुलाई नियन्त्रणमा लिन प्रहरिले खोजी तिव्र पारेको छ ।

    गत जेठ १२ गते मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्फु गाउँका स्थानीयहरू यार्सागुम्बा सकंलन गर्न पाटनतिर गएको मौका छोपि लुटेरा उक्त आठ जनाको हतियारधारी समूहले गाउमा लुटपाट गरेका थिए ।

    लुटेरा समुहले गाउँका २४ वटा घर, १ गुम्बाबाट ३५ तोला सुन, ९९४. ५ तोला चाँदि , बुद्धको मुर्ती, रिणिमोक्क्ष माइको मुर्ती, ९५ तोला मुगाको माला, यार्सा, मोवाइल र ५० लाख २५ हजार नगद लुटेरकाे भन्दै स्थानीयहरुले प्रहरीमा जाहेरि दिएका थिए ।

    घटनालगत्तै मुगु प्रहरी कार्यालयबाट प्रहरी निरिक्षक प्रकाश सिंह कार्कीको कमाण्डमा प्रहरी खटिएको थियो । घटना भएको झण्डै एक महिनापछि गाउँ र यार्सा लुटपाटमा संलग्न आठ जनाको टिममध्ये प्रहरीले ३ जनालाइ पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरिक्षक थापाले बताए ।

    प्रहरिका अनुसार यार्सा तथा गाउँ लुटन संलग्न रहेका आठ जनाको टिम जुम्ला जिल्लाकै भएको पुष्टि भएको छ । उनीहरुबाट लुटपाटमा प्रयोग गरिएको अत्याधुनिक हतियार समेत प्रहरीले बरामद गरेको छ ।

    प्रहरीले एसएलआर १ थान, कटुवा पेस्तोल १ थान, २ थान म्याग्जिन, एसएलआरकै २५ राउण्ड गोली, ३ थान ओकेटोके, १ थान बाइनाकुलर, ५ जोडि आर्मीको कम्व्याट रंगकि रेनकोट, १ वटा ट्रेकिङ झोला र १ वटा सल रहेका छन ।

    यस्तै पक्राउ परेकाहरुबाट प्रहरीले सुनको रिङ्ग २ थान,सुनकै माडुली २ थान ( विक्री गरेर पश्चात् जुम्ला प्रहरि मार्फत बरामत)पनि बरामत गरेको छ । पक्राउ पर्नेमा जुम्ला जिल्ला गुठिचौर गाउँपालिकाका- ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, सोही ठाँउका पुर्णप्रसाद भण्डारि र वडा न ४ का कमल थापा रहेका छन् ।

    प्रहरीले आइतबार नै मुगु जिल्ला अदालतबाट २० दिनको लागि लुटेरा समुहलाइ थुनामा राखी अनुसन्धान गर्न अनुमति लिइसकेको छ ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ