• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

विजनेश

घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

2.3K
SHARES



काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ। मंगलबार प्रतितोला छ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।  मंगलबार छापावाल सुन प्रतितोला एक लाख ५६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २५ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ