काठमाडाैं। अविरल वर्षाको कारण देशका विभिन्न खाेलानाला र नदिहरूमा पानीकाे बहाब उच्च रहेकाे छ । सप्तकोसी नदीमा पनि पानीको बहाव बढेसंगै ५६ वटै ठाेका खाेलीएका छन् ।
सुनसरी प्रहरीले दिएको जानकारी अनुसार आज बिहान ९ बजेको मापन अनुसार पानीको बहाव प्रतिघण्टा ३ लाख ६८ हजार ६ सय ७० क्युसेक पुगेको छ ।
पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो झन्डा गाडिएको छ भने ब्यारेजको ५६ वटै ढोका खुलेका छन् । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ ।
पानीको बहाव अझै बढ्ने अनुमान गरिएको छ । ८ बजेको मापनमा प्रतिघण्टा ३ लाख ४९ हजार क्युसेक थियो भने ७ बजे ३ लाख ४२ हजार क्युसेक पानी रहेकाे थियाे ।
पानीका बहाव बढेपछि उच्च सतर्कता अपनाउनुको साथै नदी किनारतिर निगरानी बढाइएको सुनसरीका प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
प्रतिक्रिया