• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    जीवनशैली

    पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व, बेच्न र खान प्रतिबन्ध लगाउने तयारी

    4.7K
    SHARES



    काठकाडैं। बालबालीका देखी युवासम्म पानीपुरी खान मन नपराउने प्राय कमै हुन्छन् । त्यही प्याराे पानीपुरीमा खतरनाक रोग निम्त्याउने रसायन भेटिएकाे कुरा तपाइलाइ थाहा छ ? भारतको कर्नाटकबाट यस्तै डरलाग्दाे खबर बाहीरीएकाे छ ।

    कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन भेटिएको एक अध्यनले देखाएकाे छ । पानीपुरीका उक्त रसायन भटिएप कर्नाटक सरकार सतर्क भएर अनुसन्धानमा जुटेकाे छ । खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन् ।

    भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो । जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटियो । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन् । संकलित १८ वटा नमुना यति खराब थिए कि खान लायकै थिएनन् । रिपोर्ट आएलगत्तै सरकारले तुरुन्तै विस्तृत अनुसन्धान गर्न आदेश दिएको छ ।

    के भने कर्नाटकका स्वास्थ्यमन्त्रीले ?

    कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश राव गुण्डुले यस विषयमा स्वास्थ्य विभागले उचित कारबाही गर्ने बताएका छन् । जनताको स्वास्थ्यसँग खेलबाड गर्न नदिइने भन्दै उनले विभागका अधिकारीहरूलाई सडकमा बेचिने पानी पुरीको नियमित रूपमा जाँच गर्न आदेश दिएका छन् । सरसफाइमा ध्यान दिइएको छ र रंगका लागि केमिकलको प्रयोग गरिएको छैन भन्ने कुरा सुनिश्चित गर्न भनिएको छ ।

    कृत्रिम रंगको प्रयोगका कारण यस अघि नै गोबी मन्चुरियन, कबाब र कपास क्यान्डीको उत्पादनमा प्रतिबन्ध लगाइएको स्वास्थ्यमन्त्रीले बताएका छन् । आफूहरूले परीक्षणका लागि नमुना पठाएको अनि पूरै छानबिन भइरहेको पनि उनले बताएका छन् । ल्याबबाट नमुनाको रिपोर्ट आएपछि उपयुक्त कारबाही गरिने उनले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ