काठमाडौँ । नयाँ सत्ता समीकरण बनेसँगै नेकपा एमालेले बोलाएको सचिवालय बैठक सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा जारी बैठकमा पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने कार्यक्रम छ ।
सचिव रघुवीर महासेठले बैठकमा अध्यक्षले के ब्रिफिङ गर्ने र सोहीअनुसार पार्टी अघि बढ्ने जानकारी दिएका छन् । उनले बैठकपछि पार्टीका मन्त्रीहरुले राजीनामा दिने कि के गर्ने भन्नेबारे टुंगो लाग्ने पनि बताए ।
प्रतिक्रिया