• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    सहमतिमै नेतृत्व टुङ्गियोस् भन्ने कार्यकर्ताको चाहना छ : अध्यक्ष नेपाल

    615
    SHARES



    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पार्टीको नेतृत्व सहमतिमा नै टुङ्गियोस् भन्ने कार्यकर्ताहरूको चाहना रहेको दाबी गरेका छन् । शनिबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्या आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टीका दस्ताबेजहरू जस्तै नेतृत्व पनि सहमतिमा नै टुङ्गिनुपर्ने बताएका हुन् ।

    ‘केन्द्रीय कमिटीमा सबै दस्ताबेजमाथि व्यापक छलफल गर्‍यौँ । राजनीतिक प्रतिवेदन, समाजवादी क्रान्तिको कार्यक्रम, संगठात्मक प्रस्ताव र विधान गरी सर्वसम्मत रुपमा चारवटै दस्ताबेज पारित पनि भएका छन्,’ अध्यक्ष नेपालले भने, ‘सहमतिका साथ दस्ताबेज पारित गरियो भन्ने सुनेपछि कार्यकर्तामा उत्साहको लहर सृष्टि भएको छ । अब पार्टीको नेतृत्व पनि सहमतिका साथ टुङ्गो लगाइयोस् र नेताहरू मिलेर अगाडि बढुन् भन्ने चाहना रहेको हामीले सुनिरहेका छौँ ।’

    उनले देशको मात्र नभएर विश्वको ध्यान आफ्नो पार्टीको दसौँ महाधिवेशनतर्फ आकर्षित भएको जिकिर गरे । उनले भने, ‘नेपाली विशेषताको समाजवाद कस्तो हुन्छ भन्ने हामीले अघि बढाइरहेका छौँ । कम्युनिस्ट आन्दोलनमा यो महाधिवेशन कोशेढुंगा बनेर चर्चाको विषय बनिरहेनेछ ।’

    नेपाली समाजमा भएका हरेक ठुल्ठुला उथलपुथललाई आफ्नो पार्टीले नेतृत्व गरेको उनको भनाई छ । उनले घटनाक्रमलाई निर्णायक मोड दिने पार्टी एकीकृत समाजवादी नै भएको उनले बताए ।

    ‘अरूलाई पनि पछिपछि ल्याउन सक्ने गरी हाम्रो पार्टी अघि बढ्दै आएको छ । प्रत्येक चुनौतीको सफलताका साथ सामना गरेका छौँ । हामी कुनै पनि चुनौतीबाट डराउँदैनौँ, समस्या देखेर भाग्दैनौ । हामी अग्रगमनको बाटोमा अगाडि बढ्छौँ,’ अध्यक्ष नेपालले भने ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया