• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सगरमाथा संवादमा को-को आउँदैछन् विदेशी प्रतिनिधि ? (नामावलीसहित)

    760
    SHARES



    काठमाडौँ । जेठ २ गतेदेखि नेपालले आयोजना गर्न लागेको सगरमाथा संवाद कार्यक्रम तयारी अन्तिम चरणमा पुगेको छ ।

    सो कार्यक्रममा संवादमा करिब १७५ जना विदेशी पाहुना र करिब त्यतिकै संख्यामा नेपाली सहभागीसहित करिब ३५० जना सहभागीहरूले भाग लिने मन्त्रालयले जनाएको छ ।

    जसमा १२ वटा देशबाट उच्च तह प्रतिनिधिमण्डलहरू सहभागी हुनुहुने छन् जसमा संसद्का उपाध्यक्षदेखि मन्त्रीहरू सहभागी हुने मन्त्रालयले जनाएको छ ।

    सार्क, बिमस्टेक, वर्ल्ड बैंक, एडिबी, लस एण्ड ड्यामेज फण्ड, आईपीसीसी, यूएनएफसीसीसी, युएन ईएससीएपी, आईआरइएन, एल्पाइन कन्भेन्सन र विकास सहयता संस्था, विश्वविद्यालय, थिंकट्यांक, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायत विदेशी प्रतिनिधि तथा दर्जनौँ स्वदेशी संगठन संस्थाहरु यसमा भाग लिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    चीनबाट नेशनल पिपल्स कंग्रेस (एनपीसी) का उपाध्यक्ष सिआयो जी आउने भएका छन् भने भारतबाट त्यहाँका वन मन्त्री भूपेन्द्र यादव पनि आउने भएका छन् ।

    अजरबैजानका प्राकृतिक स्रोतमन्त्री मुख्तार बाबायेभ, बंगलादेशका सामाजिक कल्याण मन्त्रालय र महिला तथा बालबालिका मन्त्रालयका सल्लाहकार सर्मिन सोनेया मुर्सिद, भुटानका उर्जामन्त्री जेम छिरिङ, माल्दिभ्सका पर्यटन तथा वतावरण मन्त्री थोरिक इब्राहिम, जपानका उपविदेशमन्त्री इकुइना अकिको, संयुक्त अरब इमरेट्सका उर्जा तथा दिगोपानाका लागि सहायक विदेश मन्त्री अब्दुला बलाला, संयुक्त राज्यबाट त्यहाँ संसदीय मामिलाका सहसचिव ब्यारोनेस सुसान हेम्यानलागयतका प्रतिनिधिहरू आउने भएका छन् ।

    विदेशी प्रतिनिधिको नामावली :
    १. H.E. Mr. Xiao Jie, Vice Chairman of the Standing Committee of the 14th National People’s Congress (NPC), People’s Republic of China

    २. H.E. Shri Bhupender Yadav, Minister of Environment, Forest and Climate Change, Government of India

    ३. H.E. Mr. Mukhtar Babayev, COP29 Presidency, Minister of Ecology and Natural Resources of Azerbaijan

    ४. H.E. [Name TBD], Kingdom of Bahrain

    ५. H.E. Ms. Sharmeen Soneya Murshid, Hon. Advisor to the Ministry of Social Welfare and the Ministry of Women and Children Affairs of Bangladesh

    ६. H.E. Gem Tshering, Minister for Energy and Natural Resource, Royal Government of Bhutan

    ७. H.E. Mr. Thoriq Ibrahim, Minister of Tourism and Environment of the Maldives

    ८. H.E. [Name TBD], Pakistan

    ९. H.E. Ms. IKUINA Akiko, Parliamentary Vice-Minister for Foreign Affairs, Japan

    १०. H.E. Abdulla Balalaa, Assistant Foreign Minister for Energy and Sustainability Affairs, United Arab Emirates

    ११. H.E. Baroness Susan Hayman, Parliamentary Under-Secretary of State (Lords Minister), United Kingdom

    १२. H.E. Ambassador Bader Omar Al Dafa, Special Envoy/Vice-Minister of the Minister of Foreign Affairs for Climate Change, State of Qatar

    १३. Ms. Dinara Kemelova, Special Representative of the President of Kyrgyzstan for implementation of the Five Years of Action for Development of Mountain Regions, Kyrgyz Republic

    १४. H.E. Issa bin Saleh Al Shibani, Ambassador of the Sultanate of Oman

    १५. H.E. Carlos Alberto Michaelsen den Hartog, Brazil

    १६. H.E. Mrs. Noha Hamdy Ahmed ElGebaly, Ambassador of Egypt

    १७. H.E. Ambassador Md. Golam Sarwar, Secretary General, SAARC

    १८. H.E. Mr. Indra Mani Pandey, Secretary-General, BIMSTEC

    १९. Ms. Hana Singer Hamdy, United Nations (UNCR Nepal)

    २०. H.E. Mr. Martin Raiser, World Bank Regional Vice President for South Asia

    २१. Ms. Fatima Yasmin, Asian Development Bank (ADB) Vice-President for Sectors

    साथै, SAARC, BIMSTEC, World Bank, ADB, Loss and Damage Fund, IPCC, UNFCCC, UN-ESCAP, IRENA, Alpine Convention र विकास सहायता संस्था, विश्वविद्यालय, थिंकट्याङ्क, अनुसन्धान तथा सोध केन्द्र, नागरिक समाज, गैरसरकारी संस्था लगायतबाट ६१ विदेशी र दर्जनौ स्वदेशी संगठन एवं संस्थाहरूले पनि यस संवादमा भाग लिनेछन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ