• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    भूराजनीतिक सन्तुलन मिलाउन सके नेपाल बन्छ : पूर्वप्रधानमन्त्री भट्टराई

    779
    SHARES



    काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भूराजनीतिक सन्तुलन मिलाउन आवश्यक रहेको बताएका छन् । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले नेपालले भूराजनीतिक सन्तुलन मिलाउनसके देश बन्ने बताए । अध्यक्ष भट्टराईले नेपाल ऐतिहासिक कारणले पछि परेको भएपनि जैविक, वातावरणीय रुपले हामी पछाडि नपरेको बताए ।

    नेपाल समृद्ध बन्न पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्ने बताउँदै उनले नेपालको बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता भएको बताए । उनले आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाउन जरुरी रहेको बताए । समावेशी र सहभागितामुलक लोकतन्त्रलाई अझ माथि पुर्याउने गरी काम गर्नुपर्ने भट्टराईको भनाई थियो ।

    ‘नेपाल पछाडि परेको एतिहासिक कारणले हो । हामी हाम्रो जैविक, वातावरणीय रुपले पछाडि परेका छैनौँ । हामीले पछिल्लो ज्ञान, विज्ञानमा आधारित वैज्ञानिक विचार प्रणालीलाई अपनाउनुपर्छ । बहुलजातीय, बहुभाषी सांस्कृतिक चरित्र नेपालको मौलिकता हो भन्ने कुरालाई पनि स्वीकार्नुपर्छ’ भट्टराईले भने- ‘यथार्थ हेर्दा नेपाल त विविधतायुक्त देश हो । आन्तरिक लोकतन्त्रलाई पनि बढी मजबुत बनाऔँ । समावेशी र प्रत्यक्ष लोकतन्त्र छ त्यसलाई अझ उन्नत बनाऔँ । त्यसो हुनसक्यो र भूराजनीतिक सन्तुलन मिलाउन सकियो भने नेपाल बन्छ ।’

    अध्यक्ष भट्टराईले सक्रिय शान्तिवादको नीति बनाएर भारत र चीनसँगका समस्या समाधान गर्नुपर्ने बताए । नेपालले रक्षात्मक तयारी गर्ने तर युद्ध नगर्ने रणनीति अपनाउनुपर्ने उनको भनाई थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया