• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    राजनीति

    अशोक राई नेतृत्वको जसपाद्वारा १७० सदस्यीय कार्यसमिति गठन

    865
    SHARES



    काठमाडौँ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले १७० सदस्यीय कार्यसमिति गठन गरेकाे छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई गठन भएको जसपाको बिहीबार बसेकाे केन्द्रीय समिति बैठकले कार्यसमितिकाे आकार बढाएर  १७० पुर्याएकाे हाे ।

    बैठकले प्रदेश, जिल्ला तथा पालिका तहसम्म रूपान्तरण, समिति रूपान्तरण, पुनर्गठन वा नयाँ सङ्गठन निर्माणको कामलाई अगाडी बढाउन रूपान्तरण तथा पुनर्गठन अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको सो पार्टीका महासचिव इस्तियाक राईले बताएका छन् ।

    यो अभियानमा आ(आफ्नो जिम्मेवारी भएको ठाउँमा केन्द्रीय सदस्यहरूले प्रदेश समिति वा प्रदेश समिति नबनेको अवस्थामा प्रदेश तदर्थ समिति वा त्यो पनि नबनेको भए पहिचानमा आधारित राष्ट्रिय समिति अथवा जिल्ला समिति बनाएर त्यससँगको समन्वयमा रूपान्तरण तथा पुनर्गठन अभियानलाई सञ्चालन गर्ने तयारी रहेको बताइएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया