• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल पत्रकार महासङ्घको निर्वाचन तालिका संशोधन

    1.1K
    SHARES



    काठमाडौँ । नेपाल पत्रकार महासङ्घको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरेको छ । असार २२ गते हुने समयलाई यथावत् राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ ।

    मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ भने उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते आठ बजेदेखि असार १६ गते बिहान ११ बजेसम्म राखिएको छ ।

    उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ । असार २२ गते बिहान ९ बजेदेखि पाँच बजेसम्म चुनाव हुन्छ भने मतगणना चुनाव सम्पन्न भएपछि हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया